
भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिरमा विभिन्न भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । सांसद महेश बस्नेतमार्फत आएको सांसद विकास कोषको रु २० लाख, सूर्यविनायक नगरपालिकाको रु २० लाख र वाग्मती प्रदेश सदस्य शशीजङ्ग थापामार्फत आएको रु १५ लाख गरी कूल रु ५५ लाखको लागतमा संरचनाहरु निर्माण भएको हो ।
यहाँ निर्माण भई प्रयोगमा आएका भौतिक संरचनाहरुको आज सांसद बस्नेतले अनुगमन गरेका छन् । उक्त बजेटले पाथीभरा मन्दिर परिसरमा मन्दिर निर्माणसँगै गुरुकुल आश्रम, हल, संस्कृति विद्याश्रम, भान्छा घर, बस्ने कोठा, हवन, जमरा घर लगायतका संरचना निर्माण भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । यहीँ मन्दिरमा गौ संरक्षण केन्द्रसमेत निर्माण गरिने भएको छ ।
त्यसैगरी रु २३ लाखको लागतमा मन्दिर जाने कच्ची सडकमा ग्राभेल गरिएको छ । मन्दिरलाई निर्माण व्यवसायी सङ्घ भक्तपुरका उपाध्यक्ष लव गिरीले रु एक लाख ३५ हजार बराबरको साउन्ड सिस्टम हस्तान्तरण गरेका छन् ।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले पाथीभरा मन्दिरका लागि रु एक लाख एक हजार र काठमाडौँ निवासी नवीन बस्नेतले रु २० हजार पाँच प्रदान गरेका छन् ।
यता गुण्डुकै कार्की गाउँस्थित लिखानारायण मन्दिरमा सूर्यविनायक नगरपालिकाको रु ६ लाख र स्थानीय जनसहभागिता रु ६ लाख गरी १२ लाखको लागतमा विभिन्न संरचनाहरु निर्माण भएका छन् । पूर्वप्रहरी नायब उपरीक्षक स्थानीय गोविन्द केसीको अध्यक्षतामा मन्दिरसँगै यहाँका पुराना संरचनाहरुको मर्मत, चौतारा निर्माण, ढुङ्गा छपाइ, पर्खाल निर्माण लगायतका काम गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार