
गण्डकी । लागुऔषध दुर्व्यशनी, साइबर, बालबालिका विरुद्धका अपराधको न्यूनीकरण गर्ने ध्येयले जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत जिल्लाका सात विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययतरत ८५० छात्रछात्रालाई भर्चुअल माध्ययमबाट सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
विगतमा भएका घटनाको विश्लेषणका आधारमा ती अपराधमा अधिकांश पीडक एवं पीडित युवा रहेको हुँदा उनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।
पोखरा महानगरपालिका– ३ नदीपुरस्थित न्युग्यालेक्सी एकेडेमी कक्षा १२ मा अध्ययनरत १०० विद्यार्थीका लागि जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र प्रवक्ता केसीले उक्त विषयमा प्रशिक्षण दिएका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार