
काठमाडौं ।नेकपा (एमाले) को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गर्नुभएको थियो ।
महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आउनुभएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको विघठन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिनुभएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार