
काठमाडौँ । नेकपा (एमाले) ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा आज जारी विज्ञप्तिमा बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ ।
समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका एमालेले सरकारको ध्यानाकर्षण गराएको हो ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार