
गोरखाको । शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
“आव २०७८\०७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ”, उनले भने, “अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन ।” उनले बुङ्कोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिसका आधारमा वडाबाट निःशुल्क सेवा पाउने बताए।
स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।
“बुङ्कोट स्वास्थ्यचौकीदेखि गोरखा अस्पतालसम्म आउन जान बिरामीले एक पटकमा एक हजार ८०० भाडा तिर्नुपर्छ”, वडाध्यक्ष श्रेष्ठले भने “वडाले खर्च व्यर्होने भए पनि थोरै भए पनि राहत मिल्छ ।”बुङ्कोट स्वास्थ्यचौकीलाई सम्भव छ ‘नेपाल’ नामक संस्थाले भर्खरै एम्बुलेन्स उपलब्ध गराएको सोही एम्बुलेन्सबाट सेवा प्रदान गर्न सुरु गरिएको उनले बताए।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार