
काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा आज बराह जयन्ती मनाइँदै छ । सत्ययुगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन बराह (बनेल) को रुप लिनुभएको विषय बराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरुपी विष्णुले उद्धार गर्नुहुने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ । भगवान् विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्य रुपमा दश अवतार लिनुभएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, बराह, नृसिंह, बामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् गौतमले बताए। यसै सम्झनामा आज बराहरुपी भगवान् विष्णुको पूजाआराधना गरी बराह जयन्ती मनाइन्छ ।
नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी पूजा आराधना गरिन्छ । यस अवसरमा उपत्यका विभिन्न स्थानमा रहेका बराह बाराही मन्दिरमा भीड लाग्ने गरेको थियो । कोरोनाका कारण मुख्यमुख्य मन्दिर बन्द रहेकाले घरघरमै पूजा आराधना गरिने जनाइएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार