
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । त्यसपछि कार्यकारी निर्देशमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयलाई मङ्गलवार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार आज घिसिङले पदबहाली गर्नेछन् ।
नेपालमा लोडसेडिङ हटाउन प्रमुख भूमिका खेलेको भन्दै कुलमानको चर्चासँगै पुनः नियुक्तिको माग गर्दे ओली सरकारको मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गरिए पनि छलफल भएको थिएन ।
प्रधानमन्त्री देउवा नेतृत्वको नयाँ सरकारले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मौका दिएको हो ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार