
सुनसरी । सुनसरीको धरान–२ स्थित घण्टाघर पछाडि गएराति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो ।
आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको राससले जनाएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार