
दैलेख । नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो।
असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताए । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उनको भनाइ थियो।
जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार