
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो।
भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डका रुपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको बताए। करिब साढे चार महिनापछि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् ।
भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । तर दोस्रोमात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् ।
कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिशिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । खोप भोलिसम्म सञ्चालन हुनेछ । उपत्यकामा १४९ खोप केन्द्रबाट खोप प्रदान गर्न लागिएको हो ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार