
प्रेमका तीखा काँडामा
फूलिरह्यो गुलाब – प्रेममा सजिइरह्याे
युगौंयुग प्रस्तावको प्रतीक बनेर ।
सम्बन्धका तानमा
प्रेमको डोरीले उनिएर सयपत्री, सुपारी
वर्षौंदेखि पर्वमा पूजिँदै आए – उल्लासमा
– साथ दिए शोकका दुःखद पलहरुमा ।
तर,
बारीमा फुलेको बन्सो
किन सिउरिएन कसैले शीरमा?
कसैले दियो प्रेम प्रस्तावमा
बाटो छेउको बुकीफूल ऎँसुलेको फूल ?
चुत्राको फूल किन झरेर जान्छ नटिपिँदै !
एउटै धर्तीको छातीमा हुर्किएर
समान नभएका फूलहरु हेर्दा लाग्यो
भेदभाव बनाएको मानिसले नै हो
जो युद्ध चलाएर फूलमा समेत
आफू भने समानताका लागि लडिरहन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार