
अर्घाखाँची । जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए । उनले भने, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।”
उनका अनुसार प्लान्टले दिनमा ७० सिलिन्डर भर्ने क्षमता राख्दछ । गत वैशाख÷जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिजनको अभाव नहुने जानकारी दिए ।
जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीय सहितको कोभिड– १९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो । हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ । यसैगरी सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।सक्रिय सङ्क्रमितको सङ्ख्या ६८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाको शीतगङ्गा नगरपालिकामा एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार