
लमजुङका दुईवटा स्थानीय तहमा आँखा उपचार केन्द्र सञ्चालनमा आएका छन् । पोखरास्थित हिमालयन आँखा उपचार केन्द्रको समन्वयमा लमजुङका मध्यनेपाल र सुन्दरबजार नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।एउटा पनि सरकारी अस्पताल नभएको मध्यनेपाल नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । शनिबार एक कार्यक्रमका बीच मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै मध्यनेपालका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको नगरप्रमुख पाण्डेले दाबी गरे । “नागरिकको आधारभूत स्वास्थ्य सेवाका लागि नगरपालिका सधै गम्भीर छ,” नगर प्रमुख पाण्डेले भने, “आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्ने र आँखासम्बन्धी जाँच तथा उपचारका लागि आवश्यक उपकरण हिमालयन आँखा अस्पतालले व्यवस्थापन गर्ने गरी आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । हाल भोर्लेटार स्वास्थ्य चौकीमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रका लागि आवश्यक प्राविधिक जनशक्ती र थप सामग्री नगरपालिकाले व्यवस्थापन गर्ने जनाएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालय आँखा अस्पतालले पाँच लाखभन्दा बढीको उपकरण प्रदान गरेको मध्यनेपाल स्वास्थ्य शाखाका सहायक प्रमुख सूर्य पौडेलले जानकारी दिएका हुन् ।
आँखा उपचार केन्द्रमा मध्यनेपालसहित छिमेकी गाउँपालिका क्होलासोंथार र छिमेकी जिल्ला कास्कीको रुपमा गाउँपालिकाका नागरिकहरूलाई पनि सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच हिमालय आँखा अस्पताल पोखरा र सुन्दरवजार नगरपालिकाको समन्वयमा सुन्दरबजारको भोटेओडारमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । हिमालयन आँखा अस्पताल र सुन्दबजार नगरपालिकाका बीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी औपचारिक रूपमा भोटेओडार आँखा उपचार केन्द सञ्चालनमा आएको हो । भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको एक कोठामा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रबाट सुन्दरबजारसहित दोर्दी र राईनासका नागरिकलाई समेत सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
दुवै स्थानीय तहमा स्थापना गरिएका आँखा उपचार केन्द्रबाट आँखासम्बन्धी सम्पूर्ण रोगहरूको परीक्षण, साम%













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार