
खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ ।
चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।
दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । सो कार्यालयमा हुने भीडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागू गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ ।
टोकन प्रणालीबाट सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहीलाई आउन नपर्ने कार्यालयले जनाएको छ । टोकन प्रणाली लागू भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपूर्जा दिने गरिएको छ । मालपोत कार्यालय भनेको समयमै सेवा पाइदैन र काममा ढिल्लासुस्ती हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागू गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्ष २०७७/७८ मा एक करोड ९१ लाख ९६ हजार २३५ राजस्व सङ्कलन गरेको छ । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डालगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको कार्यालयले गरेको छ । सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजस्व कारोवार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
आलुखेतीमा आकर्षण
यहाँको कनकासुन्दरी गाउँपालिकाका महिला पछिल्लो समयमा आलुखेतीप्रति आकार्षित हुँदै गएका छन् । सो गाउँपालिका– ७ की जुना कार्की पछिल्लो समय आलुखेतीमा निकै हौसिएकी छिन । आलु पहिलेदेखि लगाउने भए पनि परम्परागतविधि अनुसारको खेती हुने भएकोले खासै फाइदा थिएन । रोगकीराबाट जोगाउनु र उत्पादित आलु बजारसम्म लैजानु मुख्य चुनौती रहेकोमा अहिले बजार वृद्धि भएसँगै आलुले राम्रो स्थान पाएको बताइएको छ ।
सोही गाउँकी मुना कार्की आलुखेती आम्दानीको राम्रो स्रोत भएको बताउनुहुन्छ । कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोगमा पेस नेपालको साँझेदारीमा गाउँमै आलुबाली किसान पाठशाला सञ्चालन भएपछि यहाँका स्थानीयवासी आलुखेतीमा आकर्षित भएका छन् । एकीकृत खाद्य सुरक्षा
विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजनाले महादेव आलुबाली किसान पाठशाला चलाएर किसानलाई आलु खेतीको महत्व र आवश्यकताका विषयमा कक्षा सञ्चालन गरेको पेश नेपालले जनाएको छ । पाँच वर्गमिटर जग्गामा आलुखेती गरेर अनुसन्धान गरिएको पेश नेपाल जुम्लाले जनाएको छ ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार