
भैरहवा । बेलायतमा बसोबास गर्दै आएका यहाँका जिल्लाबासीले बिपन्न स्थानीयवासीलाई उपचार खर्च र खाद्य सामग्र उपलब्ध गराउँदै आएका छन् । मिर्गौलाको समस्या भएर उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका २२ वर्षीय दुर्गा राना ९अर्जुन०, पाठेघरको अर्बुद्ध रोग ९क्यान्सर० भई उपचाररत सिद्धार्थनगर–८ की मञ्जु राना र मिर्गौलासम्बन्धी समस्याबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेलाई पनि जनही रु २५ हजार प्रदान गरिएको छ।
स्थानीय युवा समाजसेवी ओमकुमार श्रेष्ठले भने, “बेलायतस्थित शर्मिला हिराचनको नेतृत्वमा स्थापना गरिएको ‘सिद्धार्थनगर भैरहवा परिवार समूह’ ले अतिविपन्न परिवारलाई सहयोगका लागि रकम सङ्कलन गरी सहयोग उपब्ध गराउँदै आएको हो ।”
बेलायमा रहेका ४१ नेपालीबाट प्राप्त रु चार लाखमध्ये तीन बिरामीलाई रु ७५ हजार प्रदान गर्नाका साथै अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको थियो । पैँतालिस घरपरिवारलाई प्रति परिवार १५ केजी चामल, पाँच केजी चिउरा, पाँच केजी पिठो, प्याज, चिनी, तेल गरी रु दुई हजार १५० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।
यसैगरी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयमा यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नामक शिक्षण अस्पतालमा उपचाररत बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क दुई छाक खाना खुवाइएकोे थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार