
साओ पाओलो । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ । यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड—१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।
त्यसैगरी कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजार भन्दा बढी रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या १ करोड ९७ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिनाअघि कोभिड—१९ का सङ्क्रमितहरु घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।
सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितहरुमा २५८ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ ।
– (रासस/सिन्ह्वा)













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार