
बैतडी । स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर त्यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।
पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।ती पालिकाले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।
विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको हो । पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुरा समेटिएका छन् ।यस्तै मेलौलीले पनि ‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ ।
-रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार