पुस १९, २०७९
काठमाडौ । मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकका लागि आज पुस १९ गतेदेखि साधारण शेयर आईपीओ निष्काशन खुला गरेको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता र श्रमिकका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ निष्काशन गरिएको हो ।
यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।
स्थानीयले छिटोमा माघ ३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्ने छन् भने नेपाली श्रमिकले माघ ३ गतेसम्म मात्र आवेदन दिन पाउने छन् ।
कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ
पहिलो चरणको आईपीओ निष्काशनपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला हुनेछ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार