
महोत्तरी। नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।
तिहार सुरु हुन दुई\तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । “यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भनिन्, “अहिले व्यापारी आफैँ घर आएर ३०÷३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन् । तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उनको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उनी बताउँछिन् ।
महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घरआँगनको फूलबाट अतिरिक्त आम्दानी पाएका छन् । बस्ती–बस्ती पसेका फूल व्यापारीले हातहातमै पैसा थमाइदिएपछि फूल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ ।
बर्दिबास–६ का रेवती पोखरेलले भनिन्, “हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्ने गरी फूलका बोट बढाएर रोप्न पर्ला । शनिबार आँगन वरिपरिको लगभग ५० बोटका फूलवापत रु एक हजार ५०० रकम पाए ।”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार