
कञ्चनपुर । महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो ।स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए ।
“ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई बढी प्रभावित गर्ने शङ्का छ”, उनले भने, “ यो बेलाफिष्टा भेन्टिलेटर बालबालिकादेखि सबैलाई काम लाग्छ ।” उनले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।
फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ । सो संस्थालाई अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको थियो । “मुख्य सहयोगी संस्था भनेकै जु ची फाउण्डेसन हो”, वरिष्ठ पत्रकारसमेत रहेका बस्नेतले भने,“हामीले यहाँ सामान मगाउने, वितरण गर्ने लगायतको काममा सहजीकरण गरेको हो ।”थप दुई थान भेन्टिलेटर थपिएसँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।
अस्पतालका डा भट्टले पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या घट्दै गइने,“एक जना सङ्क्रमित मात्रै यहाँ भर्ना भएका छन् ।”कोरोनाको पहिलो र दोस्रो चरणमा गरी कञ्चनपुरमा १९३ जनाले ज्यान गुमाएका थिए । यहाँ बालमैत्री कोभिड श्यया स्थापनाको काम समेत भइरहेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार