
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताए । उनले महाधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न पूर्णरुपमा जुट्ने र जिल्लाको कुन ठाउँमा कसरी गर्ने भन्नेबारेमा छिट्टै जानकारी दिइने बताए ।
पार्टीका बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले विधान अधिवेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिवेशनमा सहभागी हुने,उद्घाटन सत्रमा पाँच नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएको जाकारी दिँदै महाधिवेशनले राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि पहल गर्ने बताए ।
सोही प्रदेशका सहइञ्चार्ज काशीनाथ अधिकारीले प्रदेश कमिटीको आग्रहलाई स्थायी कमिटीले स्वीकार गरेकाले यहाँ महाधिवेशन तय भएको बताउँदै राजनीतिमा हरेक दृष्टिकोणले एमाले मुख्य पार्टी रहेको जिकिर गरे । उक्त पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार