
काठमाडौं । दशैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ ।दशैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो । अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको विभागले जनाएको छ ।
खाल्डाको समस्या भएका सडकमा टाल्ने काम सुरु भइसकेको र केही ठाउँमा एक दुई दिनमै काम हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनले भने, “अहिले मुग्लिन आसपासका क्षेत्रमा खाल्डा देखिए पनि छिट्टै हट्नेछ ।”
साना खाल्डा भएका ठाउँमा सम्बन्धित डिभिजन कार्यालयका कर्मचारीले नै खाल्डा टालिरहेको र बढी समस्या भएका ठाउँमा मात्रै ठेक्कामार्फत गर्नुपर्ने उपमहानिर्देशक अधिकारीले बताए । उनका अनुसार निर्माणाधीन सडकमा समस्या हुँदा त्यसको समाधान निर्माण कम्पनी आफैँले गर्दछन् ।
कालोपत्र सडकमा पानीले असर पुर्याउने हुँदा वर्षाको समयमा सडकमा खाल्डाखाल्डीको समस्या बढी पाइन्छ । वर्षभर अरु महिनामा खाल्डा पर्नासाथ मर्मतको काम भए पनि वर्षा बढी हुने महिनामा त्यो हुन सक्दैन । गत वर्षमा भदौदेखि नै वर्षा कम हुने भएकाले त्यतिबेला नै मर्मत सुरु हुने गरेको थियो । यो वर्ष वर्षा भर्खरै मात्रै रोकिन थालेकाले मर्मतको काम ढिला सुरु भएको प्रमुख अधिकारीले बताए ।
उनले भने, “यसअघि हामीले अति समस्या भएका केही ठाउँमा मात्रै मर्मत गरिएकोमा अहिले सबै ठाउँमा एकै पटक काम सुरु भएको छ ।” विभिन्न जिल्लामा रहको डिजिभन सडक कार्यालयको मुख्य काम नै आफ्नो क्षत्रेमा रहेका सडकमर्मत गरेर राम्रो अवस्थामा राख्नु हो । सम्बन्धित डिभिजन कार्यालयले आफूसँग भएको जनशक्ति र उपकरणमार्फत खाल्डाखाल्डी टाल्दै आएका छन् । सडक विभागले सङ्घीय सडक र पुलमा निर्माण र मर्मत गर्दे आएको छ ।
दशैँमा धेरै नागरिक काठमाडौंलगायत सहरी क्षेत्रबाट घर जाने हुँदा सडकमा चाप बढ्ने गर्छ । यो समयमा सडकको अवस्थाका बारेमा सबैले बढी चासो दिने गरेका छन् । सडक विभागले सडकको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको छ । प्रमुख राष्ट्रिय राजमार्गमा पुग्दा समस्या नपाइएको प्रमुख अधिकारीले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार