
गोरखा । विगत दुई वर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र पेश गरी छेकम्पार र सामागाउँका दुवै नाका खुलाइदिन माग गरेका हुन् ।
लामो समयदेखि सीमा नाका बन्द भएको र सदरमुकामबाट चुम्चेत र छेकम्पार जाने बाटो ङुयुखोलामा पहिरो गइ बाटो अवरुद्ध हुँदा खाद्यान्न संकट हुनसक्ने अवस्था भएकाले चिनियाँ नाका खुला गरी खाद्यान्न आपूर्ति गर्ने व्यवस्था मिलाइदिन ज्ञापनपत्रमा भनिएको छ ।
ङुयूखोलाको पहिरो र सर्दीभीरको पहिरो अझै नियन्त्रण गर्न सक्ने अवस्था नरहेकाले सीमा नाका नखुले वडा नं. ६ र ७ मा खाद्यान्न संकट हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खड्काले चिनियाँ अधिकारीसित छलफल गरी तीन दिनभित्र स्थानीयबासीलाई खबर गर्ने जनाएका छन् । कोरोनाको कारण देखाउँदै चिनियाँ सरकारले छेकम्पारस्थित ङुइला नाका र सामागाउँस्थित रुइला नाका विगत दुई वर्षदेखि एकातर्फी रुपमा बन्द छ ।
बाटो अवरुद्ध हुँदा सदरमुकामबाट पनि खाद्यान्न ढुवानी गर्न नपाएको र चिनियाँ नाका बन्द हुँदा चिनियाँ बजारबाट पनि सामान ल्याउन नपाउँदा स्थानीयबासी चर्को समस्यामा छन् । यसअघि केहीदिन पहिले सोही प्रतिनिधिमण्डलले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई पनि नाका खुलाइदिन माग गर्दै ज्ञापनपत्र पेश गरेका थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार