
गुल्मी । जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्हरी कार्यालय गुल्मीले जनाएको छ।
दशैं र तिहारमा स्वदेश तथा परदेशबाट आउनेहरु यात्रु र यातयातको चापलाई व्यवस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद आचार्यले बताए।
सहायता कक्षमा यात्रुहरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिएको छ। सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।
चाडपर्वको बेला यात्रुले गाडी नपाउने, भाडा सवारीधनीले दोब्बर असुल्लने, क्षमताभन्दा बढि लिने समस्या बढि हुने गरेका छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार