बैतडी । बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।
गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो। यससँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा संक्रमण देखिइसकेको छ।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार संक्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेसनमा बसिरहेका छन्। उनले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरू सबै होम आइसोलेसनमा बसिरहेका छन् ।’
संक्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब संकलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार