
सुनसरी । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।
लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष रु ५२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल रु २६ करोड ६१ लाख र भदौमा रु १२ करोड ४७ लाख राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक रु दुई अर्ब ४२ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार