
पोखरा । जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।
क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गर्नुभयो । लिगका छ खेल खेलेको क्यासलको १६ अङ्क छ । हालसम्म अङ्क जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ ।
यसैगरी पहिलो खेलमा शङ्खमूल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शङ्खमूलका छ खेलबाट १४ अङ्क छन् । शंखमुलको जितमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गरे। लुम्बिनीका रुपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजयी गराउन सकेनन् । लुम्बिनीका छ खेलबाट चार अङ्क रहेका छन् ।
बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहन सफल भयो । प्रभातफेरी तालिकाको आठौँ स्थानमा छ । यस्तै ढुकु फुटसल हब सातौँ स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा छ । लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीको सहभागिता छ ।
असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार