
मुस्ताङ । मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए ।
“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएको सो चरा चराविद् डा. हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गर्नुभएको छ ।”
केकीघाङमा नयाँ प्रजातिको चरा देखेर तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरुङले बताए । “लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १.११ बजे सो चराको तस्बिर खिचेको थिएँ,” उनले भए “दोस्रो पटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ ।”
नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाएका थिए । भँङ्गेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए ।
स्वास्थ्य क्षेत्रमा काम गर्नुहुने गुरुङ चरामा पनि रुचि देखाउँछन्। जहाँ जाँदा पनि क्यामेरा लिएर हिँड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल भएका उनी त्यसबखत छोजुङ गुम्बामा वैकल्पिक पदमार्ग अध्ययनका लागि स्थानीयवासीसँग जाँदै थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार