
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरत रुपमा अगाडि बढेको बताए ।
सन्देशमा भनिएको छ, “सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत मूल्यमान्यतामा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।”
सन्देशमा संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता सहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा आआफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा इमान्दारितापूर्वक गर्न आग्रह गरिएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार