
मोरङ । अङ्कगणित नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय तहको नाम राजनीतिक सहमतिमा दलहरुले पहिले नै टुङ्गो लगाइसकेका छन् ।
नामकरणका लागि प्रदेशमा सहभागी दलको दुई तिहाई बहुमत आवश्यक पर्नेमा हालसम्म सो मत पुर्याउन नसकेकाले समस्या खडकिएको हो । प्रदेशको नाम पहिचानको आधारमा गरिनुपर्नेमा सबैको जोड छ । अहिले अल्पमतमा रहेकाले सरकारलाई पनि नामकरणमा समस्या देखिएको छ ।
पाँचौँ अधिवेशनमै प्रदेशको नाम छिनोफानो गर्न दुई तिहाईको सरकारले उपयोग गर्न सकेन । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व नहुने किसिमको हुनुपर्नेमा प्रदेशसभा सदस्यको भनाइ छ । तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो ।
वि.सं २०७५ वैशाख १९ गते बसेको बैठकमा प्रदेशको स्थायी राजधानी र नामकरणका लागि प्रस्ताव पेश गरिएकामा चार दिनपछि विराटनगरलाई राजधानी कायम गर्न सफल भए पनि नामकरण गर्न भने सकेको थिएन । संविधानले सातवटा प्रदेश सहितको सङ्घीयता लागू गरेकामा प्रदेश नं १ र प्रदेश नं २ को मात्र नामकरण हुन सकेको छैन । प्रदेश नं १ को सरकारले पाँचौं अधिवेशनमै नामकरण गरिसक्ने तयारीमा जुटेको थियो । यसका लागि मुख्यमन्त्री शेरधन राईको सरकारले अन्तिम समयसम्म विभिन्न राजनीतिक दलसँग छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन।
प्रदेश सरकारले सबैको अपनत्व हुने र सबैले शिरोधार्य गर्नसक्ने खालको नामको खोजीमा नै धेरै समय बिताए पनि अहिले नामकरण गर्न झन कठिन देखिएको छ । गठबन्धनको सरकार बन्ने कि एकल सरकार बन्नेमा पनि अन्योल नै छ ।
अहिले नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यको नेतृत्वमा सरकार बने पनि नेकपा (एकीकृत समाजवादी) का १० सदस्यले समर्थन फिर्ता लिइसकेकाले उनीसँग सभामुखसहित ४१ मात्र सदस्य छ । बयानब्बे सदस्य रहेको प्रदेशसभामा अहिले नेकपा एमालेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ । प्रदेशको नामकरणका लागि सबै दलको साथ, समर्थन र सहयोग आवश्यक हुन्छ ।
प्रदेशसभामा (नेकपा एमाले) ४१, नेपाली कांग्रेस २१, नेकपा (एकीकृत समाजवादी) १०, नेकपा माओवादी केन्द्र १५, जनता समाजवादी पार्टी नेपाल तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट एक सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिक विविधता रहेको यस प्रदेशमा नदी, पहाड, भूगोल वा जातीय पहिचानलाई समेटेर नामकरण गर्नुपर्ने भएको छ । चौध जिल्ला, १३७ स्थानीय तह रहेको यस प्रदेशमा पहाडी र हिमाली जिल्ला ११ र तराईका तीन जिल्ला छ ।
नामकरणका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा, कोशी नदी, नेपाल भारतको सीमासँग जोडिएको मेची नदी, र धार्मिक हिसाबले हलेसी महादेव तथा पाथीभरा माईलाई लिन सकिन्छ । जातीय दृृष्टिले बाहुन, क्षेत्री, खस, थारु, राई–लिम्बू, राजवंशी, अल्पसङ्ख्यक मुस्लिम, यादवजस्ता जातजाति छन् । यसैगरी धार्मिक हिसाबले क्रमशः हिन्दू बौद्ध र इस्लाम धर्मावलम्बीको बसोबास देखिन्छ ।
नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नाममा अहिले कुनै छलफल नभएको तर पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको नाम हुनुपर्नेमा जोड दिए । मोफसलका वरिष्ठ पत्रकार यज्ञ शर्माले राजधानी कोशी राखिए प्रदेशको पहिचान र गरिमा अझ बढ्नसक्ने धारणा व्यक्त गरे । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेशको नाम पहिचानबाट हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले विगतमा दुई तिहाइ बहुमतको सरकारले नामका लागि प्रस्ताव संसद्मा पेश गर्न नसकेको र अहिले ठूलो पार्टी नै फुटेकाले नामकरण गर्न समस्या देखिएको बताए । स्थानीय उद्योगी राजेन्द्र राउतले राजनीतिक हिसाबले भन्दा पनि सहज रूपले परिचय दिनसक्ने नाम भएमा सबैले स्वीकार गर्ने धारणा व्यक्त गरे ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार