
दोलखा। दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको हो ।
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको नीति नियमअनुसार आफूले प्रतिबद्ध भएर काम गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मास्के र दिपक पाण्डे, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश संयोजक शरदचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले शुभकामना व्यक्त गरेका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार