
काठमाडौँ । शरद् ऋतुका याममा मनास्लु हिमाल(८,१६३ मी.) आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।
अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार