
महोत्तरी । प्रदेशसभा नं २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ ।
संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोज्नुभएको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।
सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहनुभएका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव हुनुहुन्छ ।
सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेकोे हो ।
नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद ९भदौ २२ भित्र० एकीकृत समाजवादीमै आएर सनाखत गर्ने गर्ने जिकिर गर्नुभए पनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार