
नेपालगञ्ज । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भने, “कोरोना महामारीपछि लकडाउनले थला परेको बाँकेको खेलकुद क्षेत्र अब विस्तारै उठ्ने प्रयत्नमा लाग्नेछ ।”
गत वैशाखको पहिलो सातादेखि खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएपछि यहाँका खेलाडी चिन्तित बनेका छन् । खेलाडीले दैनिक चार घण्टा खेल अभ्यास गर्नैपर्छ । खेल अभ्यास गर्न नपाएमा खेलाडीबाट राम्रो नतिजाको अपेक्षा गर्न नसकिने एथलेटिक्सका प्रशिक्षक हृदयकृष्ण मास्केको भनाइ छ ।
जिल्लामा पछिल्लो समय खेल पूर्वाधारको स्तरीय विकाससमेत भएको छ । तर कोरोना महामारीका कारण ती पूर्वाधारको सदुपयोग हुनसकेको छैन । जिल्लाको सदरमुकाम नेपालगञ्जमा अत्याधुनिक रङ्गशाला, पौडी पोखरी, कभर्डहल, सुटिङ रेन्ज, खजुरामा भलिबल स्टेडियम, कोहलपुरमा क्रिकेट मैदान खेलकुदका ठूला पूर्वाधारका रूपमा रहेका छन् । जिल्लामा प्रशस्त खेल पूर्वाधार हुँदासमेत कोरोना महामारीका कारण जिल्ला, प्रदेश र राष्ट्रियस्तरका कुनै खेल गतिविधि र प्रतियोगिता सञ्चालन हुनसकेको छैन ।
खेलकुद विकास समिति लुम्बिनी प्रदेशका सदस्यसचिव भीम ओलीका अनुसार लामो समयदेखि खेलकुद गतिविधि नहुँदा खेलाडी पलायन हुने अवस्थामा पुगेका छन् । उहाँ भने, “लामो समय व्यायाम, खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएका खेलाडीलाई फेरि शून्यबाट सुरु गर्नुपर्छ, हामी अहिले यसैको तयारीमा लागेका छौँ ।”
जिल्लालाई खेलको उर्वरभूमि मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा बाँकेका अधिकांश खेलाडीले प्रतिनिधित्व गरेका छन् । तीन ओलम्पियन पनि जिल्लाले जन्माएको छ । केही वर्षयता थप माथि उक्लिन लागेको बाँकेको खेलकुद गतिविधिलाई पहिलो र दोस्रो चरणको कोरोनाले भने पछि धकेलेको छ ।
जिल्लामा अहिले लकडाउन खुकुलो बनाइएको छ । बजार, यातायात, कार्यालय सुञ्चालन भएका छन् । मानिसको दैनिकी लगभग सामान्यजस्तै बनेको छ । तथापि खेलकुद क्षेत्र भने अभै सक्रिय हुनसकेको छैन । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले खेल गतिविधि शून्यकै अवस्थामा छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम कायमै रहेकाले खेलकुद क्षेत्रलाई खुकुलो नबनाएको बताएको छ।
अर्कोतर्प नेपालगञ्ज रङ्गशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् आफैँले गर्ने भएको छ । राजधानीभन्दा बाहिरका खेलकुदका भौतिक पूर्वाधार प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने माग बढिरहेको बेला राखेपले नियमावली परिमार्जनको मस्यौदा बनाएर देशका प्रमुख सहरका ठूला भौतिक पूर्वाधार आफू मातहतमा राख्ने निष्कर्षमा पुगेको हो ।
नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा राखेप सदस्य गोविन्द भट्टराईले नियमावलीको मस्यौदामा नेपालगञ्ज, धनगढी, महेन्द्र नगर लगायत देशका प्रमुख सहरमा रहेका संरचना आफैँै मातहत राख्न प्रस्तावित गरिएको बताउनुभयो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज रङ्गशालालगायतका खेलकूदका पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिन माग गर्दै आएको थियो । यद्यपि मस्यौदाबारे अझै खेल क्षेत्रका सरोकारवालाबीच छलफल भइनसकेको उनले बताए।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार