
मनाङ ।औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७-७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले जनाएको हो ।
आर्थिक वर्ष २०७५-७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनको भनाइ थियो ।
जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ।
वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार