
देउखुरी । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही–१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो । सोही घटनामा घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो । बेपत्ता भएकाको शव प्रहरीले आज बिहान ३ः०० बजेतिर घोराही–३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।
गाडी चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार