
ताप्लेजुङ । चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने बताए ।
उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताए । उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति रु एक सय जरिवाना हुने जानकारी दिए । बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार