
काठमाडौँ । विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनिष रुङ्गटा काठमाडौँमा नै थिए । भूकम्प गएपछि आफ्नो घरमा बस्न डरले दुई वर्षको छोरी र श्रीमतीसँगै उनी पनि खुला पार्कमा रात काट्न बाध्य भए ।
रातको समयमा पार्कमा बस्दा फुरेको सोचमा चार जना व्यवसायी मिलेर एसियन कङ्क्रिटो स्थापना गरिएको उनले बताए । “कमसल निर्माणजन्य सामग्रीका कारण हामी रातको समय घरबाहिर बस्नु प-यो, पछिल्लो समय मैले जस्तै दुःख आम उपभोक्तालाई नहोस् भनेर हामीले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने सोचले कङ्क्रिटो उद्योग स्थापना गर्ने सोच बनायौँ”, उनले भने ।
उनको सोचमा व्यवसायी गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाले साथ दिए । उनीहरु पाँच जनाको सोच र करिब रु डेढ अर्ब लगानीमा नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यु क्षेत्रमा सन् २०१७ मा कङ्क्रिटो उद्योग स्थापना भएको थियो । एसियन कङ्क्रिटो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । मासा विश्वमा ब्लक उत्पादन गर्ने कम्पनीमा सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीका रुपमा समेत चिनिन्छ । मासा कम्पनीलाई नेपालमा उद्योग लगाउन कन्भिन्स गर्न उद्योगका लगानीकर्तालाई समय पनि लाग्यो ।
गुणस्तरीय ब्लक उत्पादन गर्ने कम्पनीमध्ये जर्मनीको मासा कम्पनी रहेको थाहा पाएपछि प्रविधिका बारेमा बुझ्न उनीहरुको टोली जर्मनीसमेत गयो । “लामो समयको प्रयासपछि सो प्रविधि नेपाल भित्र्याउन सफल भयौँ । जर्मन कम्पनीले हामीलाई विश्वास नगर्दा धेरै दुःखका साथ हामीले मासा नेपालमा प्लान्ट लगाउन मेसिन ल्याएका हौँ,” उनले भने, “अहिले पनि उद्योगको उत्पादन प्रक्रियाका बारेमा जर्मनी कम्पनीले प्रत्यक्ष जानकारी लिइरहेको हुन्छ । उद्योगको प्लान्ट र अन्य ठाउँमा गरेर ३६ वटा क्यामरा जडान गरेका छौँ । हामीले गरेको कामको प्रत्यक्ष निगरानी जर्मनी कम्पनीले नै गर्ने गर्छ ।”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार