
दाङ। मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् ।
राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो । सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको बताइएको छ ।
तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको छ भने । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उनले भने, “भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिए ।”
सुपरिटेन्डेन्ट डा सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत हुन पनि सुझाव दिए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार