
चितवन । हुलाकी सडक अन्तर्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकामा म्याद सकिन लाग्दा समेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । माडी नगरपालिकामा खहरे खोला नागबेली भएर घुमेका छन् । वर्षासँगै ती खोला उर्लिएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुलमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ भने अधिकांशको निर्माण काम १५ देखि ७० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।
कार्यालयका इञ्जिनीयर सञ्जय ठाकुरका अनुसार विसं २०७४ मा सम्झौता भएर पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेको हो । विसं २०७४ चैत २८ गते सम्झौता भएको रिखोलाको पुल हालसम्म पनि सम्पन्न हुनसकेको छैन । विसं २०७७ असोज २७ गते सम्पन्न गर्नुपर्ने गरिएको सम्झौता पटकपटक म्याद थप हुँदासमेत काम हुनसकेको छैन । पछिल्लो पटक विसं २०७८ माघ २३ गतेसम्मका लागि म्याद थप भएको छ ।
रु १३ करोड ४२ लाख ६२ हजार ५३४ मा निर्माण सम्झौता भएको २५४ दशमलब ७५ मिटर लामो उक्त पुलको काम अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको इञ्जिनीयर ठाकुरले जानकारी दिए । यो पुल निर्माणका लागि लुम्बिनी प्रकृति जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ ।
यो खोला माडी नगरपालिका–९ स्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पुल निर्माणका लागि निकुञ्जले अवरोध गर्दै आएको उहाँको दाबी छ । बगाइ खोला पुलको निर्माण पनि ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभी काठमाडौँले विसं २०७४ असार २८ गते रु ८ करोड २४ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुनसकेको छैन ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार