
काठमाडाैं । भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।
सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेकामा सराहना व्यक्त गरे। उनले कोरोनाविरुद्ध सबै एकजुट हुनसके मात्र नियन्त्रण गर्न सकिने भन्दै नेपालले यसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताए। उनले लक्षित सबै समुदायलाई खोप उपलब्ध गराउने गरी सरकारले खोप ल्याइरहेको जानकारी दिए।
भारतीय राजदूत क्वात्राले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेको बताए। भारतले उपलब्ध गराएको उक्त अक्जिसन प्लान्टले दैनिक २०० बिरामीलाई एकैपटक अक्सिजन उपलब्ध गराउन सकिन्छ। भारत सरकारको सहयोगमा नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिएको छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार