
ललितपुर। पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेका थिए ।
निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरुपमा सकेर माथिल्लो तलामा छाना छाउने काम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए । उनले भने, “भुइँबाट दुई तलामाथि झिङ्गटीको छाना छाउने भएकाले समयमै सामग्री प्राप्त भएमा र कोरोना महामारीको जोखिम बढेर बन्दाबन्दी भएन भने अब आउँदो असोजसम्म मन्दिर पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य लिएका छौं ।” मन्दिरको सबैभन्दा माथि ३०० वर्ष पुरानो सुन लेपन गरिएको तामाकै छाना सफा गरी पुनः प्रयोग गरिने भएको महर्जनको भनाइ छ।
मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम अबको एक हप्तामा सम्पन्न हुने सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए । उनले भने, “मन्दिरको पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसलाई फेरि हाल्ने भएका छौ ।” प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात सरसफाइ गरी माथिदेखि स्काफोल्डिङ झिक्दै आउने योजना बनाएको श्रेष्ठको भनाइ छ ।
हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गरे । मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ ।
भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ स्थायनीयवासी आफँै जुटेर चन्दा सङ्कलन गरी मन्दिरको काम अघि बढाइरहेका छन् । सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब केही रकम थप हुने भएको बताइएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार