
काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी० दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।
प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको राससलाई बताए । उनीहरूका साथमा प्रदीपकुमार नेपाल पनि हुनुहुन्छ ।
यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति हुनुभएको छ । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार