
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णाेद्धारपछि आज उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी देवी तथा उन्मत्त भैरवको समेत पूजाअर्चना गर्नुभयो । प्रधानमन्त्री देउवालाई बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले प्रसाद स्वरुप रुद्राक्षको माला लगाई दिनुभयो । विसं २०७२ को भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।
भूकम्पले पाँचतले मन्दिरको तीन तलामा क्षति पु¥याइएको थियो । डेढ महिनाअघि निर्माण सम्पन्न भएपनि आजको साइतमा माथिल्लो तलामा गजूर राखिएको पूजारी शर्माले बताउनुभयो । मन्दिरमा राखिएको गजूर, छत्र, झलर, कमलको फूल र उत्खनन गरिएका दुईवटा त्रिशूल तथा २५ तोला सुनको जलप लगाइएको टोल सुधार समितिका उपाध्यक्ष वसन्त खड्गीले बताउनुभयो । मन्दिर जीर्णाेद्धारको ठेक्का धर्मेश तुलसी ड्रामा ज्वाइन्ट भेन्चरले भ्याटसहित रु दुई करोड ८५ लाखमा लिएको थियो । मन्दिरको चौथो तला छतमा २० गेजको तामा हालिएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार