
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राचीन सम्पदा संरक्षण गर्न थालिएको छ । युगौँदेखिको सम्पदा, संस्कार, संस्कृति एवं इतिहासलाई स्मरणीय बनाउने सोचका साथ संरक्षणमा चासो दिइएकोे हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार जिल्लाकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरदेखि हिमालपारीको जिल्ला मुक्तिनाथसम्म जोड्ने मार्गको नागडाँडास्थित प्राचीन चौतारासहित १७ ऐतिहासिक चौतारा मर्मत गरिएको छ ।
यहाँ ऐतिहासिक महत्वका ८८ चौतारा र ३८ वटा कुवा तथा पोखरी छन् । तीमध्ये वडा नं २ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेस्थित माझखोला र ९ स्थित उल्लेरीको उजेलीलगायत कुवा बस्ती विकास हुँदादेखि नै अस्तित्वमा रहेकाले तिनको विशेष महत्व छ । त्यस्तै ऐतिहासिक मठमन्दिरको सङ्ख्या १५५ छ । पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौतारा संरक्षणका साथै प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा संरक्षणमा जोड दिइएको अध्यक्ष युवराज कुँवरले जानकारी दिए।ऐतिहासिक कुवा, पोखरीको संरक्षणका साथै पर्यावरणीय संरक्षणका लागि बोटबिरुवा रोप्ने क्रमलाई पनि अघि बढाइएको छ ।
वडा नं ११ स्थित समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरिएकोे छ । पदयात्रा मार्गमा पर्ने हिमालको छायाँ देखिने रमणीय सो ताललाई लुकेको तालका रुपमा लिइन्छ । वडानं ९ स्थित उल्लेरीको बराह ताल पनि संरक्षण गरिएको उनले बताए। वडा नं ४को सल्यानस्थित ताल चियाउने गरामा रहेको ऐतिहासिक पोखरी र वडा नं ५ स्थित शीतल गुफासंरक्षण गरिएको छ। छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजार प्रयोग नगर्नाका साथै यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गरिएको छ ।
वडा नं २ रातामाटा चौरस्थित शिवालय मन्दिर परिसरमा १०८ पीपलका बिरुवा रोपिएको छ । अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने ऐतिहासिक एवं धार्मिक महत्वको बराह संरक्षणका लागि गाउँपालिकाले चालु आवमा रू १० लाख विनियोजन गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।यस्ता सम्पदाले यहाँको ऐतिहासिक महत्वसमेतलाई उजागर गर्ने भएकाले तीनवटै तहका सरकारले चासो दिनुपर्ने उनले बताए। छोम्रोङमा ध्यान केन्द्र निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएको व्यावसायी गुरुङले उल्लेख गरे।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार