
बागमती । मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । उनले ४२ महिना सरकार चलाएको थियो ।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए । उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।
भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार