
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ ।
सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताए। उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे । सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए ।
सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ ।
त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । दुवै खेल ओमनमा नै हुनेछ ।
सन्दीपले यसअघि तीन सिजनको सीपीएल खेलिसकेका छन् । उनले गत सिजन जमैका तलावाजबाट खेल्नुभएको थियो । त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार