
लहान। प्रतिबन्धित लागुऔषधसहित प्रहरीले गोलबजार नगरपालिका–३ गागन पुलबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका–१० का २८ वर्षीय धनजीत यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेष्ट पल्सर मोटरसाइकल एक थान, मोबाइल दुई थान र रु तीन हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।ब्राउनसुगरसहित छ पक्राउ बनियानी– झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् ।
बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई चार ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र दुई थान मोबाइलसहित पक्राउ गरेको उनले बताए।
उनका अनुसार मङ्गलबार बेलुका ४ बजे बिर्तामोड–५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार