
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनको सिमानामा रहेको ४ नम्बर सिमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताए।
खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहकाले उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो ।
उक्त सीमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यसअघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङस्थित ३ नम्बर सीमास्तम्भमा पुगेर अनुगमन गरेको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार