
ओखलढुङ्गा । आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका अधिकांश किसानले यस वर्षको धान रोपाइँ ढिला सकाएका छन् । मूल फुट्नेगरी समयमै पानी नपरेको र सिँचाइको सुविधा नभएका स्थानमा साउनको अन्तसम्ममा आकाशे पानी सङ्कलन गरेर रोपाइँ गरिएको हो ।
जिल्लामा कूल चार हजार ४०३ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमै पानी नपर्नु र सबैतिर सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको हो । ढिलो गरी रोपिएको धानबाट सोचेजस्तो उब्जनी नहुने केन्द्रका बाली विज्ञान संरक्षण अधिकृत गणेश अधिकारी खत्रीको भनाइ छ ।
धेरै धान रोपाइँ सिद्धिचरण नगरपालिकामा २१ प्रतिशत (९३२ हेक्टर) जमिनमा भएको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकामा चार दशमलव२९ प्रतिशत(१८९ हेक्टर) जमिनमा भएको छ । चिसङ्खुगढी गाउँपालिकाको ६८८ हेक्टर, मानेभञ्ज्याङको ३८६, मोलुङको ५९६, सुनकोशीको ५०८, चम्पादेवीको ५३८ र लिखुको ५६६ हेक्टर जमिनमा रोपाइँ भएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार